जनयुद्ध दिवसको सार्वजनिक बिदा खारेजीको माग गर्दै प्रदर्शन

राष्ट्रपाटी न्युज

१ फाल्गुन २०७९

काठमाडौं ।  सरकारले जनयुद्ध दिवसको अवसरमा सोमबार सार्वजनिक बिदा दिएपछि यसको विरोध भइरहेको छ ।

तत्कालीन माओवादीका सुप्रिम कमान्डर पुष्पवकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले १ फागुन सोमबार ‘जनयुद्ध दिवस’को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोही निर्णयअनुसार सोमबार देशभर सार्वजनिक बिदा दिइएको छ ।

तर, सो निर्णयको द्वन्द्वपीडित र नागरिक समाजले विरोध जनाएका छन् । सोमबार उनीहरु ब्यानर प्रदर्शनमा उत्रिएका छन् । ‘सार्वजनिनक बिदा खारेज गर, द्वन्द्वपीडितलाई न्याय दे’ लेखिएको ब्यानरसहित उनीहरुले प्रदर्शन गरेका हुन् ।

फागुन १ लाई कालो दिनको रुपमा उनीहरुले लिएका छन् ।


Published :१ फाल्गुन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media