प्रज्ञा प्रतिष्ठानको असमावेशी नियुक्तिप्रति जसपाको आपत्ति

राष्ट्रपाटी न्युज

६ फाल्गुन २०७९

काठमाडौं ।  जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले सरकारले हालै गरेका प्रज्ञा प्रतिष्ठानका नियुक्तिहरू असमावेशी भएको भन्दै आपत्ति जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथ्य नाट्य प्रतिष्ठान र नेपाल ललितकला प्रतिष्ठानको गरेका नियुक्तिप्रति जसपा नेपालले ध्याकर्षण भएको भन्दै आपत्ति जनाएको हो । सरकारले बिहिवार तीनैवटै प्रतिष्ठानमा नियुक्ति गरेको थियो भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वालुवाटारस्थित सरकारी निवासमा तीनै प्रतिष्ठानका कुलपतिहरुलाई सपथ पनि गराएका थिए ।

जसपा नेपालका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले एक विज्ञप्ति निकाल्दै असहमति प्रकट गरेका हुन् । ‘संविधानको मर्म, भावना तथा समावेशीको सिद्धान्त बिपरित गरिएका नियुक्तिहरुलाई सच्चाई समानुपातिक समावेशीको मुल मर्म अनुकुल हुने गरी नियुक्त गर्न जसपा नेपाल, जोडदार माग गर्दछ’ बस्नेतले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।


Published :६ फाल्गुन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media