बूढानिलकण्ठ-९ मा भव्य सामुदायिक भवन निर्माण हुँदै

राष्ट्रपाटी न्युज

७ फाल्गुन २०७९

काठमाडौं। एक मात्र महिला वडाध्यक्ष निर्वाचित भएको बूढानिलकण्ठ नगरपालिका वडा नं ९ मा एक भव्य एबम सुबिधा सम्पन्न सामुदायिक भवन निर्माण हुने भएको छ। एक बिशेष समारोह सहित विशिष्ट बैदिक सनातन हिन्दु परम्परा अनुरुप पुजा पाठ गरि उक्त भवनको शिलान्यास गरिएको हो ।बूढानिलकण्ठ नगरपालिका वडा नं ९ गेट कलेज अगाडि रहेको सार्वजनिक जग्गामा बहुउपयोगी सामुदायिक भवन निर्माणको शिलान्यास नगर प्रमुख मिठाराम अधिकारीले गरेका छन् ।

उक्त भवन बूढानिलकण्ठ नगरपालिकाको करिव १ करोड २० लाखको लागतमा निर्माण हुन लागेको हो। उक्त भवनमा बेसमेन्ट बाहेक साढे २ तला निर्माण हुने सम्बन्धित इन्जिनियरले जानकारी दिएका छन्।

वडा नं ९ की वडाध्यक्ष सुमित्रा त्रिपाठी पाण्डेको अध्यक्षतामा भएको भवन शिलान्यासको औपचारिक कार्यक्रममा पुर्व प्रमुख उद्दव खरेल, उपप्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत भुवनेश्वर लामिछाने सहित बूढानिलकन्ठ नगरपालिकाका सबैजसो वडाध्यक्षहरुको उपस्थिति रहेको थियो।

पछिल्लो समय वडा नं ९ की वडाध्यक्ष सुमित्रा त्रिपाठी पाण्डेको सक्रियता बढ्दै गएको छ। हरेक शनिवार सरसफाई अभियान समेत संचालन गरिरहेकी उनले वडाको विकास निर्माणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरिरहेकी छन्।


Published :७ फाल्गुन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media