दीक्षालय नेपाल फाउण्डेशनको विधालय अवलोकन (Open House) कार्यक्रम सम्पन्न

राष्ट्रपाटी न्युज

फाल्गुन ७, २०७९

काठमाडौं । दीक्षालय नेपाल फ़ाउण्डेशनले विधालय अवलोकन (Open House) कार्यक्रम सम्पन्न गरेको छ। बूढानीलकण्ठ नगरपालिका वडा नं. ११ कपनमा रहेको उक्त विधालयले समुदायमा प्रचार प्रसार गर्ने उदेश्य सहित उक्त कार्यक्रम सम्पन्न गरेको हो। उक्त कार्यक्रममा झन्डै २ हजार भन्दा बढीले विधालयका विद्यार्थीहरुको बिभिन्न सृजना,ज्ञान अनुभव तथा कलाहरुको अवलोकन गरेका थिए।

उक्त कार्यक्रममा Flip Classroom, IPC, IEYC कक्षामा आधारित विभिन्न विषयहरुका वारेमा बिभिन्न अभ्यासहरु प्रस्तुत गरिएको थियो।

उक्त विशेष कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरु, योग अभ्यासहरु ,Face Painting, Phonics, स्वास्थ्य शिविर लगायत विविध कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।

विद्यालयले नेपालमा छुट्टै पहिचान बनाउदै २१ औं शताव्दी सुहाउँदो शिक्षा प्रदान गर्ने अभियानमा रहेको जनाउँदै वदलिदो परिस्थितिमा विद्यार्थीहरुलाई रटाई भन्दा प्रयोगात्मक, अनुसन्धान र प्रविधि मैत्री शिक्षाको माध्यमबाट सिकाईप्रति अभिरुची वढाउने र जीवनोपयोगी सीपहरु सिकाउदै विश्व बजारमा स्थापित गर्न सक्ने जनशक्ति तयार पार्न कार्यक्रम आयोजना गरिएको जानकारी दिएको छ।

उक्त कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारी सहित विभिन्न वडाका वडाध्यक्षहरु,वडा सदस्यहरु विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, सह–प्रधानाध्यापकहरु, शिक्षकहरु, अभिभावकहरु, विधार्थीहरु सहित उल्लेखनीय मात्रामा स्थानीयहरुले अबलोकन गरेका थिए।

 


Published :फाल्गुन ७, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media