गायिका खुशी थुलुङको ‘तिमी जान्छु भन्दैछौ’ सार्वजनिक (भिडियोसहित)

राष्ट्रपाटी न्युज

फाल्गुन ८, २०७९

काठमाडौँ । गायिका खुशी थुलुङको नयाँ गीत ‘तिमी जान्छु भन्दैछौ’ को भिडियो सार्वजनिक भएको छ ।

गायिका खुशीले गीतको भिडियो शुक्रबार उनको आफ्नै अफिसियल युटुव च्यानलमा सार्वजनिक गरिएको हो । एन्जल कार्कीको शब्द संगीत रहेको गीतमा खुशीले स्वर दिएकी छिन् । गीतका एरेन्जर महाराज थापा हुन् ।

भिडियोमा गायिका खुशी स्वयम प्रस्तुत भएकी छिन् । अरुण बरुण न्यौपानेले खिचेको भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् । भिडियोका निर्देशक समेत अरुण बरुण न्यौपाने हुन् ।


Published :फाल्गुन ८, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media