काठमाडौँ । गायिका खुशी थुलुङको नयाँ गीत ‘तिमी जान्छु भन्दैछौ’ को भिडियो सार्वजनिक भएको छ ।
गायिका खुशीले गीतको भिडियो शुक्रबार उनको आफ्नै अफिसियल युटुव च्यानलमा सार्वजनिक गरिएको हो । एन्जल कार्कीको शब्द संगीत रहेको गीतमा खुशीले स्वर दिएकी छिन् । गीतका एरेन्जर महाराज थापा हुन् ।
भिडियोमा गायिका खुशी स्वयम प्रस्तुत भएकी छिन् । अरुण बरुण न्यौपानेले खिचेको भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् । भिडियोका निर्देशक समेत अरुण बरुण न्यौपाने हुन् ।