बुढानीलकण्ठ १३ बाट ९ जना जुवाडे पक्राउ

राष्ट्रपाटी न्युज

फाल्गुन ११, २०७९

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका-१३ सापाटारमा ओखर (जुवा) खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उदयपुर चौडण्डी नगरपालिका-८ घर भई हाल काठमाडौँ बौद्ध बस्ने ४५ वर्षीय धन बहादुर मगरसमेत ९ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

सापाटारस्थित सार्वजनिक ठाउँमा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई जुवा खेल्न प्रयोग गरेको नगद ५० हजार रुपैयाँ र ८ वटा ओखरसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


Published :फाल्गुन ११, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media