काठमाडौँ । कांग्रेस, माओवादी, जसपा र नेकपा एसबीच प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको छलफलमा पुरानो गठवन्धन व्यूँताउने सहमति भएको छ ।
कांग्रेसले राष्ट्रपति, जसपाले उपराष्ट्रपति लिने र माओवादी र नेकपा एसले प्रधानमन्त्री लिने गरी सहमति बनेको र दलहरुबीच आन्तरिक छलफल गरेर ५ बजे बस्ने वैठकमा सहमतिमा हस्ताक्षर हुने बताइएको छ ।
प्रधानमन्त्री चार वर्ष माओवादीलाई र एक वर्ष एकीकृत समाजवादीलाई दिने बारेमा छलफल भएको छ ।
साँझ ५ बजे बस्ने पुरानो गठबन्धनको बैठकमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र लोसपा अध्यक्ष महन्थ ठाकुरलाई पनि बोलाइने भएको एक नेताले बताएका छन् ।
बैठकमा राष्ट्रपतिमा एमालेबाहेकको सहमति जुटाउने सहमति भएको कांग्रेस महामन्त्री गगन थापाले बताएका छन् ।