बूढानिलकण्ठ नगरपालिकामा युवा परिषद पुनर्गठन

राष्ट्रपाटी न्युज

फाल्गुन १६, २०७९

काठमाडौं । बूढानिलकण्ठ नगरपालिकाको नगर युवा परिषद पुनर्गठित भएको छ। पुराना केहि सदस्यहरु बिदाइ भएका छन् भने केहि सदस्यहरु थप गरिएको छ। नगर प्रमुख मिठाराम अधिकारी अध्यक्ष रहने परिषदमा नगरपालिकाका विभिन्न युवाहरु सदस्यको रुपमा थपिएका छन् ।

यहि फागुन १५ गते सोमबार नगर प्रमुख अधिकारी सहित बिभिन्न वडाध्यक्षहरु, कर्मचारीहरु लगायतको उपस्थितिमा सदस्यहरुलाई सपथ ग्रहण गराइएको छ ।

नगर युवा परिषदमा थपिएका सदस्यहरुमा महेश श्रेष्ठ- वडा नं – ३, सुनिल परियार वडा नं -५, सुनिता खड्का वडा नं- ६, आश्विनि पौडेल वडा नं – ७,बिराज राना वडा नं – ८, अभिजात निरौला वडा नं – १० र राज कुमार खड्का वडा नं – ११ रहेका छन् । अघिल्लो बर्ष ७ सदस्य नियुक्त गरिएको भएपनि नगरपालिकाका प्रमुख अध्यक्ष सहित पदेन सदस्य बाहेक १७ सदस्य मनोनित गर्ने व्यबस्था बमोजिम नियुक्त गरिएको कार्यकारी उपाध्यक्ष रुपेश भट्टराईले जानकारी दिएका छन् ।

नगर युवा परिषद बूढानिलकण्ठका पदाधिकारीहरु यस प्रकार रहेका छन्।

अध्यक्ष : मिठाराम अधिकारी , नगर प्रमुख

कार्यकारी उपाध्यक्ष : रुपेश भट्टराई

कार्यकारी सदस्य :दीपक तामाङ

कार्यकारी सदस्य : विष्णु श्रेष्ठ

कार्यकारी सदस्य : नेहा गुरुङ

कार्यकारी सदस्य : प्रयास पाण्डे

सदस्य : सुजन गिरी

सदस्य : अशोक श्रेष्ठ

सदस्य : महेश श्रेष्ठ

सदस्य : सुनिल परियार

सदस्य : सुनिता खड्का

सदस्य :आश्विनि पौडेल

सदस्य :बिराज राना

सदस्य :अभिजात निरौला

सदस्य :राज कुमार खड्का

शिक्षा युवा खेलकुद महाशाखा प्रमुख : पदेन सदस्य

सामाजिक विकास शाखा प्रमुख : पदेन सदस्य

स्वास्थ्य शाखा प्रमुख : पदेन सदस्य

नगर युवा परिषदले पूर्णता पाए संगै बिभिन्न युवा मैत्री गतिविधिहरु शसक्त ढंगले अगाडी बढ्ने र तत्कालै नगर युवा नीति निर्माणका लागि कार्य थालनी गर्ने एबम प्रत्यक बर्ष जस्तै यो बर्ष पनि नमुना युवा संसद कार्यकर्म संचालन गरिने कार्यकारी उपाध्यक्ष रुपेश भट्टराईले जानकारी दिएका छन् ।


Published :फाल्गुन १६, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media