आयुर्वेदका लागि नेपालका वनस्पति जोगाइराख्नुपर्छः प्रधानमन्त्री प्रचण्ड

राष्ट्रपाटी न्युज

१९ फाल्गुन २०७९

काठमाडौं । नेपाल, भारतसहित विभिन्न देशका आयुर्वेद विज्ञहरु काठमाडौंमा भेला भएका छन् ।

‘सबैका लागि समग्र स्वास्थ्योपचार’ भन्ने नाराका साथ शुक्रबारबाट काठमाडौंमा सुरु भएको दुई दिने अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनमा  नेपाल, भारत र युरोप तथा अमेरिकालगायतका अन्तर्राष्ट्रिय आयुर्वेद क्षेत्रका विज्ञहरु, उत्पादक, व्यवसायीको सहभागिता छ ।

महर्षि वैदिक फाउण्डेसन र नेपाल आयुर्वेद चिकित्सक संघले आयोजना गरेको सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल सरकारले नीतिगत निर्णय गरेर जडिबुटीको निकासी पैठारीलाई व्यवस्थित गर्ने बताए ।

नेपाल आयुर्वेदका लागि उचित गन्तव्यस्थल भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले आयुर्वेदका लागि नेपालमा रहेका वनस्पतिहरु जोगाइराख्नुपर्ने बताए ।


Published :१९ फाल्गुन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media