बूढानिलकण्ठमा महिला जनप्रतिनिधि र कर्मचारीहरुबीच फुटसल प्रतियोगिता सम्पन्न

राष्ट्रपाटी न्युज

२३ फाल्गुन २०७९

बूढानिलकण्ठ । बूढानिलकण्ठ नगरपालिकामा ११३ औ अन्तराष्ट्रिय श्रमीक महिला दिवसको अवसर पारेर महिला जनप्रतिनिधिहरु र महिला कर्मचारीहरु बीच मैत्रिपुर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ।

बूढानिलकण्ठ नगरपालिका वडा नं ७ मा रहेको चौर फुटसल मैदानमा भएको खेलमा कर्मचारीहरुको टोलीले जनप्रतिनिधिहरुको टोलीलाई पराजित गरेको छ।

नगरपालिकाका महिला जनप्रतिनिधि र कर्मचारीहरुको चार टिम बनाएर भएको प्रतियोगितामा महिला कर्मचारी समुह ‘क’ विजेता बनेको छ।

उक्त समुह ३-० गोल अन्तरले विजयी बनेको हो। उक्त प्रतियोगिताको फाइनलमा कर्मचारीहरुका तर्फबाट रन्जना थापाले दुई र सावित्रा गौतमले एक गोल गरेकी थिइन।

 

 

 


Published :२३ फाल्गुन २०७९


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media