कपन प्रहरी प्रभाग प्रमुखमा फेरी महिला प्रहरी निरीक्षक

राष्ट्रपाटी न्युज

२७ फाल्गुन २०७९

काठमाडौं। कपन प्रहरी प्रभागको प्रमुखमा प्रहरी निरीक्षक स्मृति सिलवालले कार्यभार सम्हालेकी छन्।

एक समारोहका बीच कपन प्रहरी प्रभागको निबर्तमान प्रमुख प्रहरी निरीक्षक कृष्णा बस्याललाई बिदाई गरि स्मृति सिलवाललाइ स्वागत गरिएको छ । यस अघि कपन प्रहरी प्रमुख रहेकी बस्याल बागमती प्रदेश प्रहरी तालिम केन्द्र ,सिन्धुली सरुवा भएकी छन् । कपन प्रहरी प्रभागको जिम्मेवारी सम्हालेकी सिलवाल नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय रुपन्देहीमा कार्यरत रहेकी थिइन्।

कपन प्रहरी प्रभागमा केहि बर्ष अगाडी देखि निरन्तर महिला प्रहरी निरीक्षकले कमाण्ड सम्हाल्दै आएका छन् । बिगतका केहि बर्ष यस क्षेत्रका जनप्रतिनिधि र प्रहरी निरीक्षक बीच बिभिन्न बिषयमा बिबाद समेत सिर्जना भएको थियो। भर्खरै कमाण्ड सम्हालेकी प्रहरी निरीक्षक स्मृति सिलवालको कार्यकाल कस्तो रहन्छ ? त्यो त समयको गर्भमा छदै छ।


Published :२७ फाल्गुन २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media