ओखलढुंगाबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना, ५ जनाको मृत्यु, २४ जना घाइते

राष्ट्रपाटी न्युज

फाल्गुन २८, २०७९

काठमाडौँ । ओखलढुंगाबाट काठमाडौँ आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।
बा २ ख ६५९६ नम्बरको बस आज बिहान सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर ४ मा कुहिभिर भन्ने ठाउँमा दुर्घटना भएको हो ।
२९ यात्रु रहेको बस सडकको भित्तामा ठोक्किएर दुर्घटनामा परेको हो ।
मृत्यु हुनेमा २ महिला, २ पुरुष र १ बच्चा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालले बताएका छन् ।
घाइतेहरूको उद्धार गरी प्राथमिक उपचारका लागि खुर्कोट लगिएको छ । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ। तीब्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।


Published :फाल्गुन २८, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media