सुनको मूल्यमा एकैदिन १६ सय वृद्धि

राष्ट्रपाटी न्युज

३० फाल्गुन २०७९

काठमाडौं  । सुनको मूल्य प्रतितोला १६ सय रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार  सुनको मूल्य १६ सय रुपैयाँले वृद्धि भएर प्रतितोला १ लाख ५ हजार ७०० रुपैयाँ पुगेको हो।

यसअघि प्रतितोला सुन आइतबार १७ सय र सोमबार ७ सयले बढेको थियो। आज तेजाबी सुन प्रतितोला १ लाख ५ हजार २०० कायम भएको छ।

यस्तै सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ । आज प्रतितोला चाँदी १३ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सोमबार चाँदी  १२ सय ५५ रूपैयाँमा खरिदबिक्री भएको थियो ।


Published :३० फाल्गुन २०७९


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media