उपराष्ट्रपति चयनका लागि मतदान जारी, ३ बजेसम्म चल्ने

काठमाडौं । उपराष्ट्रपति चयनका लागि मतदान भइरहेको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेबाट मतदान कार्य सुरु भएको हो । निर्वाचन आयोगका अनुसार मतदान कार्य अपरान्ह ३ बजेसम्म चल्नेछ ।

उपराष्ट्रपति पदमा रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य र ममता झाले उम्मेदवारी दिएका छन् । आफूले उम्मेदवारी दिए पनि शाक्य र झाले भने मतदान गर्न पाउने छैनन् । उनीहरु संघीय र प्रदेशसभा दुवैको सदस्य नभएकाले मतदान गर्न नपाउने भएका हुन् । प्रतिनिधिसभा सदस्य रहेका यादवले भने मतदान गरिसकेका छन् ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मतदातामा संघीय संसद र प्रदेशसभा सदस्य रहनेछन् ।


Published :३ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media