उपराष्ट्रपतिमा आफूले जित्ने अष्टलक्ष्मी शाक्यको दाबी

काठमाडौँ । उपराष्ट्रपति पदका उम्मेदवार अष्टलक्ष्मी शाक्यले पुरुष राष्ट्रपति बनाइसकेपछि उपराष्ट्रपतिमा महिला नउठाएर संविधानको गलत ट्रेन बसालिएको बताएकी छन् ।

शुक्रवार उपराष्ट्रपतिको निर्वाचन स्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले आवश्यक्ताको कारण आफू उपराष्ट्रपतिमा उठेको बताइन् । उनले उपराष्ट्रपति पदमा बसेर राजनीतिक हिसावबाट काम गर्न नसके पनि सामाजिक रुपान्तरण लगायतका क्षेत्रमा काम गर्न सकिने बताइन् ।

उनले आफू उपराष्ट्रपतिमा जित्ने ढुक्क रहेको बताइन् । उम्मेदवार शाक्यले अहिले संविधानतः पुरुष उम्मेदवार बनाउनै नहुने संविधानको मर्मलाई मारेर संविधानको भावनाअनुरुप गलत ट्रेन बसाएको आरोप लगाइन् ।

उम्मेदवार शाक्यले उपराष्ट्रपतिमा आफू विजयी हुने दाबी गरिन् ।


Published :३ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media