काठमाडौँ । नेपालको तेस्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव निर्वाचित हुनुभएको छ ।
शुक्रबार भएको निर्वाचनमा ३० हजार ३२८ मतभारका साथ यादव उपराष्ट्रपति निर्वाचित हुनु भएकाे हाे ।
एमालेकी अष्टलक्ष्मी शाक्यको पक्षमा प्रदेशसभातर्फ १६९ र संघका १०४ सांसदले मतदान गर्नुभयो भने जनमतकी ममता झाले प्रदेशमा १५ र संघमा २३ मत पाउनु भयो।
यस्तै, जसपाकी अर्की उम्मेदवार प्रमिला यादवले प्रदेशमा १ मत पाउनु भयो तर, उहाँले आफ्नो उम्मेदवारी निष्क्रिय पार्नुभएको थियो ।
मतदानमा तीन सय ११ सङ्घीय सांसद र पाँच सय १८ प्रदेशसभा सदस्यले मतदान गर्नुभएको थियो ।
बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म भएको थियो । आजै उपराष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ ।
नयाँ उपराष्ट्रपतिका लागि जनता समाजवादी पार्टी नेपालका यादव, नेकपा (एमाले) का शाक्य (बोहरा) र जनमत पार्टीका झा उम्मेदवार हुनुहुन्थ्याे ।