युवा व्यवसायी माधव सुबेदी घन्टीमा प्रवेश, एमाले परित्याग

काठमाडौं। युवा व्यवसायी माधव सुबेदी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। लामो समय देखि कुरियर व्यबसायमा संलग्न रहेका उनि एपेक्स कुरियर तथा एपेक्स होटलका संचालक हुन्। आज राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय कार्यालय बसुन्धरामा गएर सभापति रवि लामिछानेको उपश्थितिमा उनि घन्टीमा प्रवेश गरेका हुन्।

हालसम्म नेकपा एमाले समर्थकको रुपमा रहेका उनले पुराना पार्टीबाट देश तथा समाजको बिकास तथा परिवर्तन सम्भव नभएको भन्दै एमाले परित्याग गरेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीमा नेतृत्वसंग सहज पहुँच रहने र युवा तथा व्यवसाय मैत्री वातावरण रहेको भन्दै आगामी राजनीतिक जीवन त्यतै समर्पित गर्ने निधो गरेको उनले बताएका छन्।

हाल उक्त पार्टीको आर्थिक बिभाग सदस्यको जिम्वेवारी प्राप्त गरेका उनले निकट भविष्यमा नै केन्द्रिय सदस्य बन्ने सहमति भएको जानकारी दिएका छन्।

उनि संगै उनका दाइ एबम व्यवसायी यज्ञ सुवेदी समेत राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्।


Published :३ चैत्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media