काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई मजबुत बनाउन लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
शुक्रवार उपराष्ट्रपति पदमा निर्वाचित भइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुलुकलाई समृद्धितर्फ लैजाने काममा पनि आफू लाग्ने बताउनुभयो । उहाँले शान्ति प्रक्रियाका कामहरु निस्कर्षमा पु-याउन बाँकी रहेको भन्दै त्यसलाई निस्कर्षमा पु-याउनका लागि आफ्नो तर्फबाट प्रयास हुने बताउनुभयो ।
नवनिर्वाचित उपराष्ट्रपति यादवले आफूलाई उपराष्ट्रपतिमा जिताउने भुमिका खेल्ने जनता र सांसहरुप्रति धन्यवाद प्रकट गर्नुभयो ।