काठमाडौं । पुलचोक इन्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा नेकपा एमालेनिकट अनेरास्ववियुका विराज अर्याल निर्वाचित भएका छन् ।
आज भएको निर्वाचनमा उनी ६३५ मतसहित निर्वाचित बनेका हुन् ।
यता थापाथली इन्जिनियरिङ क्याम्पसमा नेपाल विद्यार्थी संघका उम्मेदवार निर्वाचित भएका छन् ।
आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचनमा थापाथली इन्जिनियरिङ क्याम्पसको सभापतिमा नेविसंघका पुष्कर शाही विजयी भए । उनले अनेरास्ववियुका उम्मेदवारलाई पराजित गरेका हुन् ।