प्रधानमन्त्री दाहाल राष्ट्रिय शक्ति कमजोर पार्ने योजनामा रहेको एमाले अध्यक्ष ओलीको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय हितलाई कमजोर बनाएको आरोप लगाएका छन् ।

सोमवार संसद भवनस्थित ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले प्रधानमन्त्री दाहाल प्रधानमन्त्री बनेको भोलिपल्टबाटै इमान बिर्सिएर अस्थिरतातर्फ गएको आरोप लगाए ।

अध्यक्ष ओलीले पार्टीमा दाहाल जंगबहादुरझैँ रहेको बताए । उनले प्रधानमन्त्री दाहाल राष्ट्रिय शक्तिलाई कमजोर पार्ने योजनामा रहेको आरोप पनि लगाए । उनले प्रधानमन्त्री दाहालले वैदेशिक सम्बन्धलाई अविश्वसनीय बनाएको बताए । अध्यक्ष ओलीले मित्र राष्ट्रसँग नेपालको सम्बन्ध बिग्रिनुको कारण प्रधानमन्त्री रहेकाले प्रधानमन्त्रीलाई संसदमा विश्वास गर्न नसकिने स्पष्ट पारे । उनले गठबन्धनका स्वार्थीहरुले प्रधानमन्त्रीमा विश्वासको मत दिए पनि आफ्नो पार्टीले उनलाई विश्वासको मत नदिने बताए ।

अध्यक्ष ओलीले अब संसदीय समिति बन्न लागेकाले आफूले योगदान गर्न सक्ने समितिको चयन गर्न पार्टीका सांसदहरुलाई आग्रह गरे ।


Published :६ चैत्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media