बूढानिलकण्ठ सीप सम्मेलन तथा कृषि मेलामा राधिका शाक्य देखि भगवान कोइरालासम्म

काठमाडौं। ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर बुढानीलकण्ठ नगरपालिकाले आयोजना गरेको दुई दिने सीप सम्मेलन तथा कृषि मेला–२०७९ सफलतापुर्वक सम्पन्न भएको छ । बूढानिलकन्ठ नगरपालिकामा उत्पादित बिबिध उत्पादनहरुलाई प्रदर्शन तथा प्रवर्द्धन गर्न आयोजना गरिएको सो मेलामा हजारौले अबलोकन गरेका थिए । जम्मा ७१ वटा स्टलहरुमा विभिन्न व्याक्तिहरु, स्थानीय महिला समुह ,कृषि समुह ,घरेलु उद्योगहरुको सहभागितामा बूढानिलकण्ठ मन्दिर क्षेत्रमा उक्त मेलाआयोजना गरिएको थियो।

 

उक्त मेलामा स्थानीय महिला समुहले उत्पादन गरेका बिभिन्न कृषिजन्य उत्पादनहरु ,बिबिध तरकारी तथा जैविक खानाका परिकारहरु,अचार र अचारजन्य उत्पादनहरु, बिबिध नर्सरीमा उत्पादन गरिएका फुल,तरकारी लगायत बिरुवाहरु, हस्तकला सामग्रीहरु ,गाँजा र अल्लोबाट बनाइएका कपडाहरु , शृंगारका सामग्रीहरु लागायत सामानहरुको स्टल राखिएको थियो।

सीप सम्मेलन तथा कृषि मेलाको नाम दिइएको कार्यक्रममा केपी वली पत्नी राधिका शाक्यले उत्साहपूर्ण सहभागिता जनाएकी थिइन्। बिबिध तरकारी ,बिरुवा तथा स्थानीय महिला समुहले उत्पादन गरेका सामग्री खरिद गरि उनले उत्साह भर्ने काम गरेकी थिइन्। मेलाको बिभिन्न नगरपालिकाका उपप्रमुखहरु, प्रसिद्व चिकित्सक भगवान कोइराला सहित विभिन्न क्षेत्रका व्यक्तित्वहरुले अबलोकन गरेका थिए।

 

दुई दिने सीप सम्मेलन तथा कृषि मेला–२०७९ सफलतापुर्वक सम्पन्न भएपछी मेलामा सहभागीहरु उत्साहित बनेका छन्। धेरैले यस्ता मेलाहरु बेलाबेलामा आयोजना गरि स्थानीय उत्पादनहरुलाई प्रवर्द्वन गर्ने कामलाइ निरन्तरता दिन आग्रह गरेको बूढानिलकन्ठ नगरपालिका कि उपप्रमुख अनिता लामाको भनाइ छ।

 


Published :६ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media