गंगाको ‘मै राम्री’ सार्वजनिक

इटहरी । गायिका गंगा बिष्टको ‘मै राम्री’ बोलको गीत सार्वजनिक भएको छ । उनको डा. नवराज लम्सालले रचना गरेको ‘मै राम्री’ बोलको गीत सार्वजनिक भएको हो ।

यो गीत श्रोतामाझ लोकप्रिय बनिरहेको छ । झण्डै आधा दर्जन गीत गाएर श्रोतामाझ परिचित बनेकी उनले मोहर पैसा ‘दसैंमा जमरा’, ‘के छ खबर’ जस्ता गीतहरु यसअघि नै बजारमा ल्याइसकेकी छन् ।

भर्खरै रिलिज यो गीतको म्युजिक भिडियो निर्वाणा प्लसको युट्युब च्यानलबाट रिलिज भएको छ । भिडियोमा कलाकार समियाले आफूलाई मै राम्री भनेर भनेता पनि जोनले वास्ता नगर्दा समियाबाट हुने प्रतिक्रियालाई निर्देशकले प्रस्तुत गरेका छन् ।

मुक्तिनाथ टिमको निर्देशनमा बनेको म्युजिक भिडियोमा जोन बम, समिया कार्कीको अभिनय रहेको छ । म्युजिक भिडियोलाई सुजन श्रेष्ठले छायांकन गरेका छन् भने सन्देश रिमालको कोरियोग्राफी र बिष्णु खड्काको सम्पादन छ ।


Published :७ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media