उत्तम अधिकारी बने रिटर्नी फेडेरेसन नेपालको अध्यक्ष

राष्ट्रपाटी न्युज

१३ चैत्र २०७९

काठमाडौँ । चैत्र ११ देखि १२ सम्म भएको प्रथम राष्ट्रिय महाधिवेसनबाट रिटर्नी फेडेरेसन नेपालको अध्यक्षमा उत्तम अधिकारी चयन भएका छन् । ‘रिटर्नीको ज्ञान, सीप, पूँजी र जाँगर, समृद्ध नेपाल निर्माणको दिगो आधार’ भन्ने मूल नाराका साथ धुम्बाराहीस्थित लर्ड पार्टी प्यालेसमा चैत्र ११ देखि १२ सम्म भएको प्रथम राष्ट्रिय महाधिवेशनबाट अधिकारी अध्यक्ष चयन भएका हुन् ।

नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उदघाटन गरिएको सो महाधिवेसनबाट उपाध्यक्षमा विनोद भट्टराई, शालिग्राम बसेल, रामकृष्ण घिमिरे, हिरादेवि खरेल, काजी थापा, अर्चना बस्नेत, महासचिवमा जेपी सापकोटा, उपमहासचिवमा जीवन अर्याल र भरत सिवाकोटी चयन भएका छन् ।

 


Published :१३ चैत्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media