“एमालेसँग बहुमत नभएपछि माओवादीलाई सँगै लान खोज्दा बाँदरको हातमा नरिवल भयो”

राष्ट्रपाटी न्युज

चैत्र १२, २०७९

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्माओ ओलीले एमालेसँग बहुमत नभएपछि ‘बानर’ (बाँदर)हरूलाई पनि सँगै लिएर जान खोजेको स्पष्ट पारेका छन् ।

उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई इंगित गर्दै साथै लिएर जान खोजे पनि अन्तमा बाँदरको हातमा नरिवल भएको बताए।

‘हामीसँग बहुमत थिएन । आफूसँग जनता नभएपछि रामचन्द्रले पनि बानर सेना लगेकै हुन् । हामी पनि बानरहरूलाई मिलाएर लैजान खोजेका थियौं । तर बाँदरको हातमा नरिवल न हो,’ गुल्मीमा मिशन ग्रासरुट अभियानलाई सम्बोधन गर्दै उनले भने ।

उनले अर्को निर्वाचनमा नेकपा एमाले एक्लैलै बहुमत ल्याउनुपर्ने बताए । त्यसका लागि अहिल्यैदेखि गाउँ, टोलीदेखि स्थानीय, प्रदेशमा नेताहरू सक्रिय हुनुपर्ने बताए । उनले पार्टीभित्र खिया लागेको भन्दै धारिलो बनाएर लैजानुपर्ने समेत बताए ।

‘पार्टीमा कमरेडहरू खिया लागेको पाइयो । पार्टी भुत्ते भएको पाइयो । धार नभएको । खिया हटाएपछि मात्रै यो काम लाग्ने हुन्छ,’ उनले भने । उनले घोडा नकुदाए कुद्न बिर्सिने भन्दै भुत्ते लागेको पार्टीको खियाहरू हटाउनुपर्ने उनको भनाइ छ ।


Published :चैत्र १२, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media