बालउद्धार माविमा कक्षा १२ को बिदाइ कार्यक्रम भव्य रुपमा सम्पन्न

राष्ट्रपाटी न्युज

१६ चैत्र २०७९

काठमाडौं । बालउद्धार माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुले कक्षा १२ का विद्यार्थीहरुलाई विदाई कार्यक्रम आयोजना गरेका छन् ।

आगामी बैशाख २६ गतेबाट सञ्चालन हुने परीक्षामा उत्कृष्ट नतिजाको कामना सहित कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई बिदाइ गरिएको हो ।

 

बूढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख एवम् कार्यक्रमका प्रमुख अतिथि मिठाराम अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुवप्रसाद घिमिरे, प्रधानाध्यापक विनोद पण्डित, विव्यसका सदस्यहरु दिल कुमारी बिक, कमला कार्की, शम्भुशरण पौडल र शिक्षक प्रतिनिधि मुरारी ढकाल लगायतले अबिर, माला लगाई विधार्थीहरुलाई मायाको चिनो हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख मिठाराम अधिकारी, बालउद्धार माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुवप्रसाद घिमिरे, प्रधानाध्यापक विनोद पण्डित लगायतले आफ्नो मन्तव्य राखेका थिए।

कार्यक्रममा चर्चित लोक दोहोरि गाएक एबम सर्जक नरेश खातीको बेजोड प्रस्तुति रहेको थियो। उनको प्रस्तुतिमा सहभागीहरु छमछमी नाचेका थिए।

सव्य र भब्य रुपमा सम्पन्न भएको कार्यक्रममा ३०० जना भन्दा धेरैको सहभागिता रहेको थियो।


Published :१६ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media