कांग्रेसका गोविन्दराज जोशी र विकास कोइरालामाथिको कारबाही फुकुवा

राष्ट्रपाटी न्युज

चैत्र १८, २०७९

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी र कांग्रेस चितवन पूर्वसभापति विकास कोइरालामाथिको कारबाही फुकुवा गरेको छ । पार्टी कार्यालय सानेपामा बसेको बैठकले जोशी र कोइरालाको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो । जोशी पूर्वगृहमन्त्री समेत हुन् ।

गत निर्वाचनमा पार्टी हितविपरित क्रियाकलाप गरेको भन्दै जोशी र कोइरालालाई पार्टीले कारबाही गरेको थियो । आजको बैठकले बारा–२ मा उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको पार्टीका सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए । यसअघि कांग्रेसले तनहुँ–१ बाट गोविन्द भट्टराई र चितवन–२ बाट जितनारायण श्रेष्ठलाई उठाउने निर्णय गरेको थियो ।


Published :चैत्र १८, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media