काठमाडौं । बूढानिलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ। लामो समय देखि चलिरहेका बिबिध अड्कलबाजीका बीच बर्तमान प्रमुख प्रशासकीय अधिकृत भुवनेश्वर लामिछानेको सरुवा भएको हो।
बूढानिलकण्ठ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा १५ महिना भन्दा बढी काम गरेका भुवनेश्वर लामिछानेको सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको हो।
त्यसैगरी उनको स्थानमा मन्त्रालयबाट नै तुलसीराम अर्याल आएका छन् ।
बूढानिलकण्ठ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा अर्यालले बुधबार पदभार ग्रहण गर्ने बताइएको छ ।
बूढानिलकण्ठ नगरपालिकाको इतिहासमा नै सबैभन्दा लामो समयसम्म टिक्ने प्रमुख प्रशासकीय अधिकृत बन्न लामीछाने सफल भएका छन्।