विराटनगर । मोरङका विभिन्न विद्यालयबाट एसईई परीक्षा दिँदै गरेका १९९ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रञ्जनकुमार दाहालका अनुसार मोरङको ग्रामथान गाउँपालिकास्थित सरस्वती माविमा ५२, केराबारी गाउँपालिकास्थित सार्वजनिक माविमा १२७ र सुन्दरहरैंचा नगरपालिकास्थित जनता माविमा २० जना परीक्षा दिइरहेका नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको हो ।
प्रहरीका प्रवक्ता दाहालका अनुसार बिहीबार परीक्षा भइरहेको केन्द्रमा सुक्ष्म ढंगबाट आफ्नो निगरानी बढाउने क्रममा नक्कली विद्यार्थी पक्राउ गरेको हो। यससँगै परीक्षा दिन लगाउन गिरोह नै सक्रिय भएको हुनसक्ने आशंकाबाट प्रहरीले अनुसन्धान सुरू गरेको उनले बताए ।
पक्राउ गरिएका अधिकांश विद्यार्थीको प्रवेश पत्रमा नाम सही भए पनि फोटो उप्काएर नक्कली विद्यार्थीले परीक्षा दिँदै आएको खुलेको उनले बताए ।