सुनसरी घटनाः मृतक दुईजनाको शव परिवारले बुझ्यो, आजै अन्त्येष्टि गरिने

राष्ट्रपाटी न्युज

साउन १५, २०८३

विराटनगर । सुनसरीमा साउन १० गते भएको दोहोरो झडपमा मृत्यु भएका दुई जनाको शव परिवारले बुझेको छ । शव शुक्रबार साँझ अस्पतालबाट निकालिएको हो ।

देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव परिवारले विराटनगरस्थित कोशी अस्पतालबाट बुझेको हो ।

घटनाका क्रममा गोली लागेर ओमप्रकाशको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते जयप्रकाशको उपचारका क्रममा बिहीबार मृत्यु भएको थियो ।

परिवारले शव बुझेपछि दुवैको शव कप्तानगञ्जस्थित घर लैजाने र शुक्रबार नै अन्त्येष्टि गर्ने तयारी गरिएको छ ।

बिहीबार राति गृहमन्त्री सुदन गुरुङको उपस्थितिमा सरकार र मृतक परिवारबीच सहमति भएपछि परिवार शव बुझ्न तयार भएको हो ।


Published :साउन १५, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media