८.२८ अंकले घट्यो शेयर बजार, कारोबार रकम ९२ करोडमा सीमित

राष्ट्रपाटी न्युज

२३ चैत्र २०७९

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्सेमा एकल अंकको गिरावट आएको छ । बजार परिसूचक नेप्से ८.२८ अंकले घटेर १८६६.७८ मा बन्द भएको छ ।

यो साताको चौथो कारोबार दिन बुधबार मात्रै नेप्सेमा ८.३९ अंकको वृद्धि भएको थियो ।

बिहीबार २३ हजार ३८८ वटा कारोबारमा २८ लाख ७० हजार ८१९ कित्ता किनबेच हुँदा ९२ करोड ६ लाख ८६ हजार ९४ रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार ८१ करोड ६० लाख रुपैयाँको मात्रै कारोबार भएको थियो ।

बिहीबार धेरै नाफा कमाउने कम्पनीहरुमा क्रमशः कालिञ्चोक दर्शन लिमिटेड, सिटिजन्स म्युचुअल फन्ड–२, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेड, नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल ल्यूव आयल लिमिटेड लगायत छन् ।


Published :२३ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media