९९ जना थपिए कोरोना संक्रमित

राष्ट्रपाटी न्युज

चैत्र २३, २०७९

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६३५  नमूनामध्‍ये १७७ जनाको पीसीआर परीक्षण गर्दा ४१ जना र १ हजार ४५८ जनाको एन्टीजेन परीक्षण गर्दा ५८ जना गरी ९९ जनामा कोरोना सक्रमण देखिएको हो । कोरोनाको संक्रिय संक्रमितको संख्या ३७३ जना पुगेको छ ।

काठमाडौं उपत्यकामा १९ जना कोरोना संक्रमितहरु छन् भने संस्थागत आइसोलेशनमा १७ जना छन् ।


Published :चैत्र २३, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media