
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले विद्यालयहरूले किताब र पोसाक बेचेको गुनासो आएको बताएका छन् ।
आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर बालेनले यस्तो बताएका हुन् । विद्यालयले किताब र पोसाक बेच्नु संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ विपरीत भएको उनले बताए । उनले विद्याललाई किताब र पोसाक नबेच्न निर्देशन दिएका छन् । यदि अटेर गरे कारबाही गर्ने चेतावनी दिएका छन् ।
उनले सबै विद्यालयहरूलाई निर्देशिकाअनुसार काम गर्नसमेत अनुरोध गरेका छन् । महानगरको शिक्षा विभागका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले गत चैत १७ मै परिपत्र गर्दै किताब विद्यालयले नबेच्न र पोसाक तोकिएकै ठाउँमा किन्न अभिभावकलाई बाध्य नपार्न आग्रह गरेका छन् ।