काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले देशमा आर्थिक संकट गम्भीर बन्दै जाँदासमेत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिने बाहेक केही गर्न नसकेको आरोप लगाएका छन्। सोमबार संसद्को विशेष समयमा बोल्दै एमाले प्रमुख सचेक गिरीले प्रधानमन्त्री संसद्प्रति जवाफदेही नभएको बताए ।
युवाहरू गहभरी आँशु बोकेर विदेशीन बाध्य भएको र आम जनतामा ठूलो निरासा छाएको बताए । गिरीले भने,‘संसद्मा आएर जवाफदेही हुनुपर्छ प्रधानमन्त्रीज्यूले । आज सरकारका उपप्रधानमन्त्री पश्चिममा गएर देशको अर्थतन्त्र संकटमा छ भनेर बोल्नुहुन्छ, यही कुरा संसद्मा प्रधानमन्त्री र अर्थमन्त्रीले जवाफ किन दिनुहुन्न ?’
गिरीले प्रधानमन्त्री प्रचण्डले सत्ताको फोहोरी खेल खेलेर आनन्द लिइरहेको बताए ।