काठमाडौं । थप १२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा देशभरबाट २५६६ नमूना परीक्षण गर्दा १२४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट ९०३ र एन्टीजेनबाट १६६३ नमुना परीक्षण गर्दा पीसीआरबाट ७७ र एन्टिजेनबाट ४७ को रिपोर्ट पोजिटिभ आएको हो ।
यो अवधिमा २९ जना संक्रमित निको भएका छन् । हाल सक्रिय कोरोना संक्रमितको संख्या ४४४ पुगेको छ । मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ ।