लक्की शेर्पाले जितिन् मिसेस ग्लोबल नेपालको उपाधि

राष्ट्रपाटी न्युज

चैत्र २८, २०७९

काठमाडौं । मिसेस ग्लोबल नेपाल २०२३ को उपाधि सोलुखुम्बुको लक्की शेर्पाले जितेकी छन्  । हिमालयन मुभिजको आयोजनामा काठमाडौंको सम्पन्न भएको कार्यक्रममा शोर्पाले सो उपाधि जितेकी हुन्  । कायैक्रममा फष्ट रनरअप भूमिका बुढामगर र सेकेण्ड रनरअप चन्द्रकला तामाङ भए ।

यस्तै अन्य उपाधिमा मोस्टइन्टेलिजेन्ट लक्की शेर्पा, वेष्ट फोटोजेनिक गीता विक, मोस्टकन्फिडेन्ट चन्द्रकला तामाङ, मोस्टएक्टिभ ऋतु श्राफ, मोष्ट स्मार्ट सञ्जु प्रधान, मोस्ट डिलिजेन्ट उषाकुमारी शाह, मोष्ट एट्रेक्टिभ भूमिका बुढामगर, वेष्ट ड्रेसमा गीता विक, मोष्ट पपुलर लक्की शेर्पा र पब्लिक चोयस भिडियो अवार्ड लक्की शेर्पाले हात पारे ।

कार्यक्रमको निर्णायक मण्डलमा नायक विशाल विष्ट, नायिका सुष्मा अधिकारी, मोडल एवं मिष्टर हृयान्डसम नेपाल अभिषेक खड्का, मिसेस नेपाल आइडल शर्मीला राई, मोडल जोर्डन राजभण्डारी र ब्युटिसियन नेपाल हेमा पुनमगर रहेका थिए । कार्यक्रममा विविध आकर्षक नृत्यसमेत प्रस्तुत गरिएको थियो ।


Published :चैत्र २८, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media