कोरोनाबाट आज पनि एकजनाको मृत्यु, १२१ जना थपिए संक्रमित

राष्ट्रपाटी न्युज

चैत्र २८, २०७९

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाभाइरस  संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयले बुधबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको हो ।

यसअघि मंगलबार पनि एक जनाको मृत्यु भएको थियो । बुधबार एक जना संक्रमितले ज्यान गुमाएसँगै मृतकको संख्या १२ हजार २२ पुगेको छ ।

पछिल्लो २४ घन्टामा १२१ जनाको कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ६२० जनाको पीसीआर परीक्षण गर्दा ५८ जना र १७५७ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालमा सक्रिय संक्रमितको संख्या ४४५ पुगेको छ । पछिल्लो २४ घण्टामा ८१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।


Published :चैत्र २८, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media