यस्तो छ तपाईको आजको राशिफल

राष्ट्रपाटी न्युज

चैत्र २९, २०७९

काठमाडौँ । आज मिति २०७९ चैत्र ३० गते बिहीबार, ई.सं १३ अप्रिल, २०२३ । तिथि- वैशाख कृष्णपक्ष अष्टमी, नक्षत्र- पूर्वषाढा, योग- शिव, करण-वालव, चन्द्रराशि- धनु, सूर्योदयः ५ः४४, सूर्यास्तः १८ः२७ ।

मेष : गुरुजनको प्रेरणाले हौसला र उपलब्धि प्राप्त हुनेछ ।

वृष : प्रयत्न गर्दा यात्राको अवसर प्राप्त हुनेछ ।

मिथुन : प्रेममा अविश्वासको वातावरण सिर्जना हुन सक्छ ।

कर्कट : आम्दानी नहुँदा दैनिक खर्चको लागि समस्या हुन सक्छ ।

सिंह : परिवारजनमा आत्मीय भाव बढ्नेछ ।

कन्या : सन्तान र सहयोगीका माध्यमबाट सुखप्राप्ति हुनेछ ।

तुला : श्रमको उचित मूल्यांकन नहुँदा खिन्नता हुनेछ ।

वृश्चिक : आय आम्दानीका बाटाहरू साँघुरा हुनेछन् ।

धनु : आत्मविश्वास र दृढसंकल्पले लक्ष्यप्राप्ति हुनेछ ।

मकर : विवाद तथा प्रतिस्पर्धामा आज भाग नलिनुहोला ।

कुम्भ : रोकिएका काम सम्पादन हुनेछन् र आयआर्जनका स्रोतसमेत बढ्नेछन् ।

मीन : लामो दुरीको यात्रामा समस्या हुने देखिएको छ ।


Published :चैत्र २९, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media