वैशाख ४ गते मिटरब्याज पीडितले काठमाडौंमा बृहत् मार्च पास गर्दै

काठमाडौं । सरकारसँगको वार्ता भंग भएसँगै मिटरब्याजी पीडितले काठमाडौंमा बृहत मार्च पास गर्ने भएका छन् ।

आफ्ना माग पूरा गर्नका लागि दवाव दिन भन्दै आगामी वैशाख ४ गते काठमाडौंमा बृहत मार्चपास गर्ने उनीहरूले जनाएका छन् ।

यसअघि बिहीबार गृह मन्त्रालयमा भएको वार्ता सहमति नभएपछि दुई पक्षबीचको वार्ता भंग भएको थियो । वार्ता भंग भएपछि उनीहरू काठमाडौंको शान्तिबाटीकामा निरन्तर धर्ना दिँदै आएका छन् । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले नेपाल सरकारसमक्ष विभिन्न ६ बुँदे माग राखेको छ ।

मिटरब्याजी पीडितले ६ बुँदे मागमा सरकारी पक्षले कुनै वास्ता नगरेको आरोप समेत लगाएका छन् । चक्रवृति तथा मिटर व्याजीलाई कारबाही गर्नुपर्ने, जाली तमसुक तथा पीडितको जमिन फिर्ता गर्नुपर्ने लगायतमा माग राख्दै पीडितहरुको काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् ।


Published :१ बैशाख २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media