देशका दुईवटा प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना

राष्ट्रपाटी न्युज

बैशाख ३, २०८०

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) दुईवटा प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम आंशिक बदली रहनेछ ।

कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ। साथै देशका तराई भू–भागका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।


Published :बैशाख ३, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media