निर्माण एवं मर्मत कार्य राति मात्र गर्न काठमाडौँ महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक निकायको काम राति मात्र गर्न निर्देशन दिएको छ ।

महानगरपालिकाले सोमबार सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक तथा निजी पूर्वाधार निर्माण एवम् मर्मत कार्यलाई व्यवस्थित गरी सडकमा आवतजावत सहज गराउन राति ८ बजेपछि मात्रै काम गर्न गराउन निर्देशन दिएको हो ।

महानगरले भवन निर्माणका क्रममा सडकमा धुलो, निर्माण सामग्रीका टुक्रासमेत नखस्ने प्रबन्ध मिलाउन छ । सार्वजनिक निकायले सडक, पेटी खुला क्षेत्र वा पार्कमा निर्माण कार्य गर्दा अनिवार्यरुपमा निर्णाधीण स्थल संकेत गर्नसमेत आग्रह गरेको छ ।

यदि निर्देशन पालना नभए ऐन बमोजिम जरिवाना गर्ने चेतावनीसमेत महानगरले दिएको छ ।


Published :४ बैशाख २०८०


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media