काठमाडौं। नेकपा एमाले काठमाडौं जिल्ला कमिटी सदस्य एबम बूढानिलकन्ठ नगरपालिका वडा नम्बर १० कि निर्वाचित वडा सदस्य देवी रेग्मीले नेकपा एमाले छाडेर स्वतन्त्र रहने घोषणा गरेकी छन्। हाल आफु नितान्त पारिवारिक कामले मुलुक बाहिर रहेको अवस्थामा दशकौं देखि योगदान पुर्याएको पार्टीले आफुलाई अपमानित गर्दै जिल्ला कमिटि सदस्यबाट कारवाही गर्ने निर्णय गरेपछि पार्टी छोड्न बाध्य हुनु परेको राष्ट्रपाटिलाइ बताएकी छन्।
गत स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका वडा नं १० को सदस्यमा विजयी बनेकी रेग्मीले सो निर्वाचनका दौरानमा नगर प्रमुख ,नेकपा एमाले नगर इन्चार्ज लगायतका नेताहरुले गरेको प्रतिवदत्तालाई लत्याएको उनको आरोप छ। आफूलाई गरिएको प्रतिवद्दता बिपरित आफ्नो पकेटका मान्छेहरुलाइ बिभिन्न जिम्बेवारी प्रदान गरिएको भन्दै उनले अब एमालेमा नरहने घोषणा गरेकी हुन्।
काठमाडौं क्षेत्र नं ४ को संगठनलाई मजबुत बनाउन ठोस योजना बनाउनु सट्टा पार्टी नेतृत्व सक्रिय कार्यकर्ताहरुको मनोबल गिराउने गतिवधि गर्न तर्फ लागेको बताउदै उनले जिल्ला कमिटीको निर्णय हास्यास्पद रहेको समेत टिप्पणी गरेकी छन् ।
रेग्मी नेकपा एमाले जिल्ला कमिटि सदस्य एबम भूमिहीन तथा सुकुम्बासी इन्चार्ज सहित बूढानिलकन्ठ नगरपालिका वडा नम्बर १२ कि इन्चार्ज समेत हुन्। उनि वडा कमिटी ,गाउँ कमिटी ,क्षेत्रीय कमिटी हुदै जिल्ला कमिटी सदस्यमा निर्वाचित भएकी थिइन्। काठमाडौं क्षेत्र नं ४ मा अखिल नेपाल महिला संघको संगठन मजबुत बनाउन सक्रिय रहकी उनि २०७९ सालको निर्वाचनमा नेकपा एमालेको तर्फबाट उम्मेदवार बन्दै बुढानिलकण्ठ -१० को सदस्यमा निर्वाचित भएकी थिइन्।
तत्काल कुनै अर्को पार्टीमा प्रवेश नगर्ने बताउंदै उनले हाललाई स्वतन्त्र जीवन बिताउने जानकारी दिएकि छिन्।