महोत्तरीमा बस र मोटरसाइकल आपसमा ठोक्किए, एकै परिवारका तीनजनाको मृत्यु

राष्ट्रपाटी न्युज

बैशाख ५, २०८०

काठमाडौं । बस र मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। महोत्तरीको गौशाला नगरपालिका-१ रामनगर जंगलमा (रेलवे ट्र्याक)को मोडमा दुर्घटना भएको हो । मृत्यु हुने तीनै जना एकै परिवारको रहेको प्रहरीले जनाएको छ ।

सम्सीबाट बर्दिबास जाँदै गरेको बा३ख २३९६ नम्बर बस र माइस्थान चोकबाट गौशालातर्फ आउँदै गरेको मधेस प्रदेश ०१-००४प६८१९ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

मृत्यु हुनेमा सिरहा कल्याणपुर नगरपालिका-१० का २६ वर्षीय अमृत मण्डल, उनकी श्रीमती २४ वर्षीया अन्जु मण्डल र भतिजी ६ वर्षीया अंशु मण्डल रहेका छन् । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोजकुमार यादवका अनुसार तीब्र गतिमा आइरहेको बस र मोटरसाइकल ठोक्किएको थियो ।

गम्भीर घाइते भएका उनीहरूको बर्दिबासस्थित विभिन्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक यादवले बताए । घटनापछि बसका चालक फरार छन् ।


Published :बैशाख ५, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media