काठमाडौं । थप १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घन्टामा देशभरबाट १८८३ नमुना परीक्षण गर्दा १०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट ५८१ र एन्टीजेनबाट १३०२ नमुना परीक्षण गर्दा पीसीआरबाट ६४ र एन्टिजेनबाट ४२ को रिपोर्ट पोजिटिभ आएको हो । कोरोनाका कारण एक जनाको मृत्यु भएको छ ।
यो अवधिमा ४६ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ४१४ पुगेको छ । मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ ।