काठमाडौं । थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा देशभरबाट १३०६ नमूना परीक्षण गर्दा ८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३७० र एन्टीजेनबाट ९३६ नमुना परीक्षण गर्दा पीसीआरबाट ४१ र एन्टिजेनबाट ४० को रिपोर्ट पोजिटिभ आएको हो ।
यो अवधिमा ५४ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ३७० पुगेको छ । मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ ।