थप ११३ जनामा कोरोना संक्रमण, ७२ संक्रमित निको

राष्ट्रपाटी न्युज

बैशाख ११, २०८०

काठमाडौं । थप ११३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा देशभरबाट १८१० नमुना परीक्षण गर्दा ११३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७६६ र एन्टिजेनबाट १०४४ नमुना परीक्षण गर्दा पीसीआरबाट ६४ र एन्टिजेनबाट ४९ को रिपोर्ट पोजिटिभ आएको हो ।

यो अवधिमा ७२ जना संक्रमित निको भएका छन् । हाल सक्रिय कोरोना संक्रमितको संख्या ३६२ पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ ।


Published :बैशाख ११, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media