पाँच वर्षभित्र आफ्नै नेतृत्वमा सरकार बनाउँछुः रास्वपा सभापति लामिछाने

राष्ट्रपाटी न्युज

१२ बैशाख २०८०

चितवन । चितवन–२ मा भएको उपनिर्वाचनमा भारी मतले विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पाँच वर्षमा आफ्नै नेतृत्वमा सरकार बनाउने उद्घोष गरेका छन् ।

मंगलबार चितवनमा आयोजित धन्यवादसभालाई सम्बोधन गर्दै उनले पाँच वर्षभित्र रास्वपालाई सबैभन्दा ठूलो पार्टी बनाउने र आफ्नै नेतृत्वमा सरकार बनाउने बताए ।

नेतृत्व सक्षम नभएमा हटाउने भन्दै उनले रास्वपालाई सबैभन्दा ठूलो पार्टी बनाउन र आफ्नो नेतृत्वमा सरकार बनाउन जनताको साथ र समर्थन चाहिने बताए ।

यसका लागि आफूहरुले जनताको पक्षमा काम गर्ने उनको प्रतिबद्धता छ । चितवनका जनताले लगाएको गुन इतिहासले नबिर्सने लामिछानेको भनाइ छ ।


Published :१२ बैशाख २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media