रवि लामिछाने र स्वर्णिम वाग्लेद्वारा पद तथा गोपनीयताको शपथ

राष्ट्रपाटी न्युज

१५ बैशाख २०८०

काठमाडौं । उपनिर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

शुक्रबार बिहान सिंहदरबारमा आयोजित समारोहमा उनीहरूलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । सभामुख घिमिरेले शपथ खुवाउनुका साथै सांसदको लोगो वितरण गरेका थिए ।

लामिछाने चितवन-२ बाट निर्वाचित र स्वर्णिम  तनहुँ १ बाट निर्वाचित भएका हुन् ।

यसअघि चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने नागरिकता विवादमा पदमुक्त भएपछि रिक्त सो स्थानका लागि बैशाख १० गते उपनिर्वाचन भएको थियो । उपनिर्वाचनबाट लामिछाने पुन:निर्वाचित भएका हुन् ।

यसैगरी तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि सो स्थान खाली थियो ।


Published :१५ बैशाख २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media