गण्डकीका मुख्यमन्त्री पाण्डेसहित दुई मन्त्रीको शपथ

राष्ट्रपाटी न्युज

बैशाख १४, २०८०

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । पाण्डेलाई बिहीबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री नियुक्त गरेका थिए ।

नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेले माओवादी र स्वतन्त्र सांसद गरी बहुमत प्रदेश सभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी गरेका थिए ।

मुख्यमन्त्री पाण्डेलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शपथ गराएका हुन् । शपथ लिएसँगै मुख्यमन्त्री पाण्डेले दुईजना मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद विस्तार गरेका छन् । नेकपा माओवादी केन्द्रबाट शुशिला सिमखडा र नेपाली कांग्रेसबाट सरस्वती अर्याल तिवारीलाई मन्त्री बनेका हुन् । उनीहरूले पनि शपथ ग्रहण गरेका छन् ।


Published :बैशाख १४, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media