सिन्धुली । सिन्धुलीमा आइतबार बिहान कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।
बनेपा-सिन्धुली-बर्दिबास-(विपि) राजमार्ग अन्तरगत कमलामाई नगरपालिका २ पिपलभन्ञ्याङमा बा८च ५१३५ नम्बरको कार दुर्घटना भएको थियो । दुर्घटनामा एक पुरूष र एक महिलाको ज्यान गएको छ।
उनीहरूको पहिचान हुन सकेको छैन । घाइते पुरूषलाई प्रहरी र स्थानीयले उद्धार गरेर सिन्धुली अस्पतालतर्फ पठाएको सिन्धुली प्रहरीका प्रवक्ता तथा डिएसपी चिरञ्जीवी दाहालले बताए ।
मृतक दुबैको घटना स्थलमै मृत्यु भएको हो। कार सडकबाट करिब २० मिटर तल खसेको छ ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।