सहिद स्मारक ए डिभिजन लिगः जावलाखेल र संकटाबीचको खेल बराबरी

राष्ट्रपाटी न्युज

१७ बैशाख २०८०

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको जावलाखेल युथ क्लब र संकटा क्लबबीचको खेल बराबरीमा सकिएको छ ।

सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा भएको खेलमा लिग लिडर जावलाखेल र संकटा क्लबबीचको खेल १-१ गोलको बराबरीमा टुङ्गिएको हो । खेलमा पहिलो अग्रता भने जाउलाखेलले लिएको थियो ।

खेलको ३३औँ मिनेटमा जाउलाखेलका विदेशी खेलाडी फोडे फोफानाले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । जाउलाखेलको १-० गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ७३ औँ मिनेटमा संकटाका खेलाडी निशान खड्काले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए ।

यस बराबरी खेलसँगै जावलाखेलले १३ खेलमा २४ अंक जोडेको छ । जावलाखेल अंक तालिकाको शीर्ष स्थानमा छ । त्यस्तै समान १३  खेल नै खेलको संकटा १६ अंक जोडेर अंक तालिकाको ११ औँ स्थानमा रहेको छ ।


Published :१७ बैशाख २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media